समाचार

सरकारले खेतीबालीका लागि सिँचाइको अभाव हुन नदिने काममा विशेष ध्यान दिएको छ : प्रधानमन्त्री दाहाल

१५ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेतीबालीका लागि सिँचाइको अभाव हुन नदिने काममा विशेष ध्यान दिएको बताएका छन् ।
आज २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर शनिबार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो बर्ष मल वितरण प्रणालीमा समस्या नहुने दावी गरेका छन् ।

“यस वर्ष पनि मलको व्यवस्था हुन्छ । यो पनि एउटा तत्व हो भने उचित बीउबिजनको विकास पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ” उनले बताएका छन् ।