समाचार

रकम हिनामिना गरेको आरोपमा लालीगुरासँ सहकारीका अध्यक्ष सहित ४ जना पक्राउ

१६ असार, काठमाडौँ । ललितपुरको पुल्चोक स्थित लालीगुरासँ सहकारीका अध्यक्ष अमरदास श्रेष्ठसहित सहित ४ जना पक्राउ परेका छन् ।

सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पनि पक्राउ गरेको छ ।