समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणः बादल पुत्र प्रतीकको मुद्दा भोलि अदालतमा पेश गरिने

१६ असार, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाको मुद्दामा भोलि बहस हुने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार पक्राउ परेको प्रतिकलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले काठमाडौंबाट पक्राउ गरेपछि प्रतीकलाई प्रहरी वृत्त बौद्धमा राखिएको थियो । उनीविरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर गरेको आरोप छ । सबै कसुर जोड्दा उनलाई २४ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।