समाचार

अध्यक्ष ओलीको सुझाव : गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा फलेको मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्छ

१६ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा फलेको मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने उनले सुझाव दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता भएको उल्लेख गर्दै कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए ।

उनले भने, ‘ हामीले अहिले चिन्ता गर्नुपर्ने कुरा भनेको, मसिनो खाने बानी पर्‍यो, मसिनो खाने बानी परेकालाई खान दिउँ । तर मसिनो होइन हामीलाई मोटा चामल भएपनि खान पुग्नुपरेको छ ।’