समाचार

सरकारलाई प्रदीप पौडेलको प्रश्न : स्मार्ट लाइसेन्स छपाइमा किन ढिलाइ ?

१७ असार, काठमाडौँ । नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले स्मार्ट लाइसेन्स वितरण प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्ष गराएका हुन्।

यातायात व्यवस्था विभागसँग लाइसेन्स छाप्न एउटा मात्रै मेसिन रहेको बताउँदै उनले तत्काल प्रिन्टर र जनशक्ति थपेर छपाइको काम अगाडि बढाउनुपर्ने बताए। उनले स्मार्ट लाइसेन्स नहुँदा राजश्व भौचरको भरमा काम चलाउनुपर्ने बाध्यता भएको बताए।

उनले भने, “स्मार्ट लाइसेन्सको आवेदन दिने वेभसाइट बारम्बार ह्याक र क्रयास हुने गरेको छ। तत्काल समाधान गर्न प्रिन्टर र जनशक्ति थपेर छिटो छपाइ गर्न आग्रह गर्न चाहन्छु।”