समाचार

भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ : गृहमन्त्री लामिछाने

१६ असार, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढीसकेको बताएका छन् ।

आज प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही गर्ने दाबी गरेका छन् ।

‘कोही पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट, त्यो साहसका साथ हामी प्रस्तुत भएका छौं’ उनले भने ।