राजनीति

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश, ओलीले गरे भव्य स्वागत

१७ असार, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन् ।

एमाले पार्टी कार्यालय, च्यासलमा आज आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ‌ओली लगायतका नेताहरूले उनलाई पार्टी प्रवेश गराएका छन् ।

आज एमाले मुख्यालय च्यासलमा आयोजित एक समारोहबीच देवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । उनी लामो समयदेखि विजय गच्छदारसँगै थिए । गच्छदार कांग्रेसमा प्रवेश गरेपछि उनीपनि कांग्रेसमै थिए ।