समाचार

एकीकृत समाजवादीको महाधिवेशन- प्रतिवेदनमाथि सामूहिक छलफलको तयारी

१७ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिएको छ।

काठमाडौंको प्रज्ञा भवनमा जारी महाधिवेशनअन्तर्गत बन्द सत्रमा अध्यक्षको राजनीतिकलगायत विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिएको हो। प्रतिवेदनमाथि विभिन्न समूहमा मंगलबार दिउँसोसम्म छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

समूहगत छलफलपछि मंगलबार नै सामूहिक निष्कर्ष प्रस्तुत हुने भन्दै त्यसका आधारमा परिमार्जन गरी प्रतिवेदन पारित गर्ने बताए। उनले विभिन्न प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए। नयाँ नेतृत्वका चयनका लागि सहमतिको अधिकतम प्रयास गर्ने र सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने गरि तयारी गरिएको खतिवडाले बताए।