राजनीति

कांग्रेसको निष्कर्ष- बीआरआईको ऋण अस्वीकार्य, अनुदान स्वीकार्य

१७ असार, काठमाडौँ । नेपाली कांग्रेसले बीआरआईको ऋण स्वीकार्य नहुने निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले बीआरआईको ऋण देशले धान्न नसक्ने भएकोले स्वीकार गर्न नहुने निष्कर्ष निकालेको हो।

उनले भने ‘हाम्रो धेरै ऋणको बोझ भइसक्यो, त्यसकारण यसलाई ऋणका आकार बढाउँदै लैजान हुँदैन,’ बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने, ‘त्यसमाथि पनि धेरै अनुदान सहयोग पनि कार्यान्वयन नभइरहेको अवस्थामा बीआरआईमा अनुदान भए मात्रै लिएर अघि बढाउनुपर्छ।’