समाचार

बाल यौन दुराचार गरेको कसूरमा बम्जनलाई १० वर्ष तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति

१७ असार, काठमाडौँ । लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति सजाय सुनाएको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जन विरुद्ध त्यस्तो फैसला गरेको हो ।

बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो ।