समाचार

भिजिट भिसा र व्यक्तिगत भिसामा हुने ठगी रोक्नुपर्छ : मन्त्री अर्याल

१७ असार, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भिजिट भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीले नेपालीलाई नै ठगी गरिरहेको बताएका छन् ।

सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औ स्थापना दिवस तथा ३० औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले म्यानपावर व्यवसायी ठगीमा संलग्न रहेको उल्लेख गरेका छन् । ।

‘ठगिने पनि नेपाली ठग्ने पनि नेपाली । तपाईहरु आफ्नै छातीमा हात राखेर जिम्मेवार भएर सोचिदिनुस् । कसैलाई पक्राउ गर्ने मेरो चाहना छैन । गल्ती गर्नेलाई कानुनले नै कारवाही गर्छ । म कसैको ढोका ढकढकाउनु जानुपर्दैन’, उनले भने ।