समाचार

सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिले राजनीतिक दलसँग सुझाव माग्ने

१८ असार, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरूपयोगको संसदीय विशेष छानबिन समितिले राजनीतिक दलहरूसँग लिखित सुझाव माग्ने भएको छ।

मंगलबार यस समितिको आठौं बैठकले राजनीतिक दलसँग समाधानका उपाय र बुझाइ सम्बन्धी लिखित सुझाव माग्ने निर्णय भएको समिति सभापति सूर्य थापाले जानकारी दिए।

‘हामीले सहकारी क्षेत्रसँग सम्बन्धित खासगरी प्रतिनिधि सभाले हामीलाई प्रदान गरेको चार बुँदे कार्यादेशमा केन्द्रित भएर यो क्षेत्रका समस्या समाधान गर्नका निम्ति प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने, राष्ट्रिय राजनीतिक मान्यता प्राप्त दलहरूलाई समस्याको बुझाइ र समाधानका उपायहरू लिखित रूपमा उपलब्ध गराउनुहुन पत्राचार गर्ने निर्णय भएको छ,’ उनले भने।