समाचार

७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सुयोग सहकारीका अध्यक्षसहित तीन जना पक्राउ

१८ असार, काठमाडौँ । ललितपुरको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

सहकारीको ७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई पक्राउ गरेको हो ।

तीन जनाविरुद्ध गत चैतमा ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनीहरू फरार भएका थिए ।