समाचार

प्रधानमन्त्री दाहाललाई भोलिसम्म राजीनामा दिन आग्रह गर्ने एमालेको निर्णय

१८ असार, काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी गराए।

संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न  बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको बताए