२८ साउन, काठमाडौँ । नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रा।लि।ले बर्दिबास र पोखरामा आफ्नो नयाँ शोरुमको भव्य उद्घाटन गरेको छ। यो अत्याधुनिक सुविधासम्पन्न शोरुम बर्दिबासमा कानून राज्य मन्त्री माननीय श्रद्धा देवी थापाबाट यहि साउन २५ गते र पोखरामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय राजीव गुरुङबाट यहि साउन २७ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको छ।
शोरुममा फोटोन र सोकोनका कमर्शियल गाडीहरूको उपलब्ध छ। फोटोन मोटर्स चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता, को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रस्तुत गरेको छ। थप रूपमा, एमएडब्लू वृद्धिले सोकोन मोटर्सको बहुमुखी भ्यान पनि उपलब्ध गराएको छ, जसमा यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरू समावेश छन्।
नविन आचार्यका अनुसार, फोटोन र सोकोनका विद्युतीय र पेट्रोलियम गाडीहरू बर्दिबास र पोखरा शोरुमबाट बिक्री गरिनेछन्, जसमा ११ देखि १६ सिटसम्मका विद्युतीय सवारी साधनहरू उपलब्ध हुनेछन्।
जयन्त बस्नेतका अनुसार, एमएडब्लू वृद्धी कमर्शियल भेहिकल्स प्रा।लि। नेपालमा र सवारी साधनको आधिकारिक वितरक हो र ब्याट्री र ब्याट्री स्पेयर पार्ट्सको गोदामको आधिकारिक सेवा एजेन्ट पनि हो। कम्पनीसँग नेपालभरि २० वटा सेवा केन्द्रहरू रहेका छन्, जहाँबाट विद्युतीय सवारी साधन र ब्याट्रीको सेवा प्रदान गरिनेछ। प्रतिस्पर्धी सवारी साधनहरूको ब्याट्रीमा पनि सेवा उपलब्ध हुनेछ।
तुषार गुप्ताका अनुसार, ग्राहकलाई सेवा दिन देशका कुना–कुनामा सेल्स एण्ड सर्भिस नेटवर्कको विकास गरिनेछ र सबै प्रान्तबाट ग्राहकलाई फोटोन र सोकोन प्लान्ट भ्रमणका लागि पठाउने योजना राखेको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय राजीव गुरुङले देशमा जलविद्युतको द्रुत विकासको कारण विद्युतीय सवारी साधनहरूको भविष्यमा आशा व्यक्त गरेका छन्। उनले विद्युतीय सवारी साधनको प्रयोगले सवारी साधन मालिकलाई नाफा मात्र नभई वातावरण संरक्षणमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नयाँ शोरुममा ग्राहकहरूले डेडिकेटेड टोलीको न्यानो स्वागत र विशेषज्ञ मार्गदर्शनको साथ आफ्ना लागि उपयुक्त विकल्पहरू अन्वेषण गर्न सक्नेछन्। यो शोरुम एमएडब्लू वृद्धिको लागि एउटा महत्वपूर्ण कदमको सङ्केत हो जसले ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई बलियो बनाई कम्पनीको उपस्थितिलाई नेपालभर विस्तार गर्दछ। ग्राहकहरूले नयाँ व्यावसायिक सवारी साधनहरूको अनुभव गर्न, वित्तीय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्नेछन्।





