अन्तर्राष्ट्रिय

हसिनालाई अपदस्थ गर्न आफ्नो संलग्नता नरहेको अमेरिकाको दाबी

white-house

२९ साउन, वासिङ्टन । बङ्लादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले सोमबार जनाएको छ ।

हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पारेका हुन्

बङ्गलादेशको राजनैतिक परिवर्तन बङ्गलादेशी जनताको छनोट रहेको बताउदै उनले बङ्गलादेशी जनताले नै आफ्नो सरकारको निर्माण र विघठनको गर्नु पाउनु पर्छ भन्ने पक्षमा अमेरिका रहेको बताए ।

हसिनाका छोरा तथा पूर्व सरकारी सल्लाहकार सजीब वाजेद जोयले अज्ञात विदेशी शक्तिले बङ्गलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए । यद्देपी उनले कुनै प्रमाण भने पेश गरेका थिए ।

मे महिनामा हसिनाले विदेशी शक्तिलाई बङ्गलादेश सरकारलाई सैन्य विमानस्थल एयरबेस निर्माण गर्न अनुमति नदिएपछि आफू विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए ।

संयुक्त राज्य अमेरिकाको सामान्यतया बङ्लादेशसँग मैत्रीपूर्ण सम्बन्ध छ । यद्देपी हालको अवस्थामा बङ्गलादेश र अमेरिकाबीच आरोप प्रत्यारोपको श्रङ्खला चलिरेको देखिन्छ ।

बङ्गल देशमा हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुखको रूपमा रहेका थिए ।