३२ साउन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘ब्रोड पिक’ को सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गरेका छन्। मन्त्री पाण्डेले आज आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गरेका हुन् । सोलुखुम्बुको खुम्बु गाउँपालिकाका शेर्पाले पाकिस्तानमा रहेको विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकको एउटै ‘सिजन’ मा दुईपटक आरोहण गरेका थिए।
पर्यटनमन्त्री पाण्डेसँगको भेटमा शेर्पाले सरकारले कल्याणकारी कोषको स्थापना गरिदिन माग गरेका थिए । उनले हिमालमा हुने दुर्घटना, हेलि रेस्कु हुन गाह्रो हुने बताउँदै त्यसबारे आवश्यक प्रबन्ध गरिदिन र विदेशी आरोहीलाई क्याम टु–बाट आठ केजी फोहर अनिवार्य ल्याउनुपर्ने प्रावधान भएकाले त्यसलाई सहज बनाई दिन अनुरोध गरे।
मन्त्री पाण्डेले आरोहीको कल्याणकारी कोष स्थापना र फोहर व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग बुझेर सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।





