अन्तर्राष्ट्रिय

पाकिस्तानद्वारा समुदायिक वन संरक्षण र व्यवस्थापनलाई प्रोत्साहन

३२ साउन, इस्लामावाद । जलवायु परिवर्तन र वातावरणीय समन्वयका लागि पाकिस्तानी प्रधानमन्त्रीका संयोजक रोमिना खुर्सिद आलमले प्रभावकारी वन संरक्षण र व्यवस्थापनका लागि वृक्षारोपणमा समुदायको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्

एसियाका धेरै देशमा समुदायमा आधारित वन व्यवस्थापनको अभ्यास भइरहेको बताउँदै उनले स्रोतसाधनको ज्ञान र स्वामित्वमा समुदायलाई बलियो बनाएपछि गैरकानुनी रूपमा गरिने वन शिकार जस्ता गतिविधिका विरुद्ध अग्रपंक्तिको रक्षकको भूमिका निर्वाह गर्ने उनले बताए ।

सामुदायिक वन व्यवस्थापनको प्रभावकारितालाई ध्यानमा राख्दै आलमले पाकिस्तान सरकारले समुदायलाई उत्प्रेरित गर्न राष्ट्रिय र प्रादेशिक तहमा विभिन्न पहल र वृक्षारोपण अभियान सञ्चालन गरेको छ ।

आलमले वृक्षारोपणलगायत वन संरक्षण गतिविधिहरूमा मानिसहरूको ठूलो मात्रामा संलग्नताले वातावरणीय अवस्थालाई सुदृढ बनाउने र हरियाली पाकिस्तानमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।