आर्थिक

सुनको मूल्य तोलामा ११ सयले घट्यो

६ भदौ, काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला पाँचले कम भई आज एक हजार आठ सय ३० मा कारोबार भएको छ ।