७ भदौ,काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ ले घटेको छ । विहीबार प्रतितोला रु एक हजार आठ सय ३०मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार आठ सय १५ निर्धारण भएको छ ।
(((





