आर्थिक

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

९ भदौ, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ५० निर्धारण भएको छ ।