१० भदौ, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन्। सोमबार पर्यटन व्यवसायी राम प्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा शताब्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
नेपाल एयरलाइन्स खस्किएको छ। अत्यन्तै कमजोर भएको छ। त्यसलाई सुरक्षित बनाउन सकेका छैनौं। नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनौती छ, मन्त्री पाण्डेले भने,यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रको विकासका टेवा पुग्ने छ।
उनले आधा शताब्दी पुस्तकका लेखक सापकोटाले पर्यटन क्षेत्र भएको विकृति,विसंगतिको बारेमा समेत उल्लेख गरेको बताउँदै यस क्षेत्रको सुधारका लागि सम्वद्ध सबैले निष्ठापूर्व लाग्नुपर्ने बताए। साथै मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि आफू निष्ठापूर्वक तरिकाले अघि बढ्ने समेत दृढता व्यक्त गरे।





