१५ भदौ, गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्राकृतिक सम्पदाको विकासमा सामूहिक प्रयासको खाँचो औँल्याएका छन् ।
ऐतिहासिक, पुरातात्विक एवं धार्मिकस्थल गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति २९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले गुफाको संरक्षणमा जोड दिनुपर्ने बताए ।
गुफा र वरपर निर्मित संरचनाको सुरक्षा र संरक्षण सबैको दायित्व भएको बताउँदै उनले यसका लागि स्थानीयवासी र गुफा व्यवस्थापन समिति सबै पक्षको सहकार्य र पहलले मात्र यस क्षेत्रको मापदण्ड पालना गर्नेतर्फ सचेत रहनुपर्ने आवश्यकता औँल्याए ।
बर्सेनि लाखौँ पर्यटकले अवलोकन गर्ने र वार्षिक पाँच करोडभन्दा बढी आम्दानी शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले भने, “जनसहभागिताबाट सञ्चालनमा रहेको संस्थाले राज्य तहबाटै गर्ने काम गरेको छ ।” गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्नु आपैmमा प्रशंसनीय काम भएको उनले बताए ।
गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले गुफालाई थप आकर्षक बनाउनका लागि गुरुयोजना बनाउनुपर्ने बताउँदै त्यसका लागि तिनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, संस्थाका पूर्वअध्यक्षहरूलगायत विभिन्न सङ्घसंस्थाका तर्पmबाट गुफाको महत्त्व र यसले सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा पु¥याएको योगदानका सम्बन्धमा चर्चा गरेका थिए ।