१६ भदौ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस सभापति शेरबहादुर देउवालाई आफु प्रधानमन्त्री नबन्न आग्रह गरेका छन् ।
काँग्रेस केन्द्रीउ समिति बैठकमा बोल्दै आफु नबन्ने तर अर्को कोही आफ्नो समकक्षी नेतालाई नै प्रधानमन्त्री बनाउन सकिने विचार ब्यक्त गरेका छन् ।
महामन्त्री शर्माले काँग्रेसमा प्रधानमन्त्ती बन्न एक से एक नेताहरु भएको बताउँदै त्यसका लागि सभापतिले त्याग गर्न तयार हुनुपर्ने फरक विचार राखेका छन् ।
महामन्त्री शर्मा बोल्दाबोल्दै सभापति देउवाले आफुले कोही एक जनाले भन्नेबित्तिकै प्रधानमन्त्री नबन्नेगरी त्याग गर्नुपर्ने भनेर आक्रोससमेत पवोखेका थिए ।
केपी शर्मँ ओली प्रधानमन्त्री बनेपछि अब काँग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने पालो भएको एमालेसंग सहमती भएका बेला काँग्रेसको नेतृत्वमा सरकार बनेपछि देउवाबाहेक अरुलाई नै पालो दिनुपर्ने विचार बहसमा आएको छ ।
सभापति देउवाबाहेकबाट प्रधानमन्त्री छान्नुपर्ने महामन्त्री शर्माको कडा प्रस्ताव राखेपछि बहस पनि कडै शुरु भएको देखिन्छ ।