समाचार

टानको नवनिर्वाचितकार्य समितिलाई अध्यक्ष : दाहालको बधाई

१८ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ट्रेकिङ व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल टानको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभएको छ ।

टानको निर्वाचनबाट पार्टीसम्बद्ध सागर पाण्डे अध्यक्षमा विजयी हुनुभएपछि अध्यक्ष दाहालले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

“बिहानै खुसीको खबर बाँड्ने अवसर मिल्यो, अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीलाई हार्दिक बधाई छ”, अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्दै भनेका छन् ।