१९ भदौ, काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित गरेको छ ।
सिंहदरबारस्थित समितिको कक्षमा आज उक्त विधेयकमाथि दफाबार छलफल गरी आज समितिले संशोधन प्रतिवेदन समिति पारित गरेको हो ।
“विधेयकलाई व्यवस्थित गर्न यो ऐन बनेको हो, यसअघि विधेयक व्यवस्थित गर्न ऐन बनेको थिएन”, समितिका सभापति विमला सुवेदीले भने, “ऐन बनाउने प्रक्रियालाई व्यवस्थित गर्न जरुरी थियो, प्रत्यायोजित गरिएका विधेयक किन चाहियो भन्ने बारेमा पनि यसले व्यवस्थित गर्छ ।” उनले पहिलो पटक ऐनलाई व्यवस्थित गर्न विधायन व्यवस्थापनसम्बन्धी कानुन बनाइएको हो ।
उक्त विधेयक राष्ट्रियसभामा उत्पति भएर राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले थप अध्ययनका लागि लागि समितिमा पठाएको थियो । समितिका सभापति सुवेदीका अनुसार यही भदौ २४ गतेको प्रतिनिधिसभा बैठकमा समितिले पेस गर्ने कार्यक्रम रहेको छ । यही अधिवेशनमा प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएर अनुमोदन गरेपछि ऐन प्रमाणीकरणका लागि जानेछ ।





