२१ भदौ, ललितपुर । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले आज गोदावरी नगरपालिका–११ स्थित बज्रबाराही अस्पताल अनुगमन अस्पतालमा देखिएका कमीकमजोरी दुई महिनाभित्र सुधार गर्न निर्देशन दिएका छन्।
“अस्पतालमा आकस्मिक उपचार कक्षमा जाने बाटोमा समस्या रहेको, ल्याव र स्टोर व्यवस्थित नभएको, तोकिएअनुसार औषधि नराखिएको, सबै कर्मचारी र डाक्टर समयमै उपस्थित नभएको पाइएपछि दुई महिनाभित्र सुधार गर्न निर्देशन दिइएको छ”, अनुगमनपछि मन्त्री मगरले भने । उनले अस्पताल व्यवस्थापनले पनि सुधारको प्रतिबद्धता जनाएको उनले बताए ।
अनुगमनका क्रममा स्वास्थमन्त्री मगरसहित युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, नेकपा एमाले बागमती प्रदेशका सचेतक मधुसूदन पौडेललगायत उपस्थित थिए ।