समाचार

अर्थ समितिको बैठक आइतबार बस्ने

२२ भदौ, काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ ।