३१ भदौ, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदिबहिनीलाई शुभकामना व्यक्त गरेका छन् ।
“यस पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव कायम राख्दै राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास लिएको छु”, उनले आइतबार जारी गरेका शुभकामना सन्देशमा भनिएको छ । सरकारले मोहम्मद जयन्ती मोहम्मद दिवस को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि आज बिदा दिने भएको छ ।





