राजनीति

सहकारी ठगीमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता छ भन्दै समितिले गर्यो कारबाही सिफारिस, अब के हुन्छ ?

३० भदौ, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय विशेष समितिले रवि लामिछानेलाई सहकारी ठगीमा दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको छ ।

समितिको निर्णयमा भनिएको छ, ‘…सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

समितिले रास्वपा सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेको बिषयमा सहकारी ठगीका बिषयमा कडा निर्णय गरेको छ । रवि लामिछानेलाई कारबाही सिफारिस भएपनि कारबाही हुनेमा भने सर्बसाधारणहरु ढुकक छैनन् अर्कातिर अन्य सहकारी ठगीमा जोडिएका हरुलाई उनमुक्ती दिएको भन्दै आलोचना भईरहेको अवस्थामा लामिछानेको कारबाही कहँँ पुग्ने हो त्यो भने हेर्न बाँकी छ ।