२१ असोज, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९८० निर्धारण भएको छ ।





