४ कात्तिक, काठमाडमौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बालुवाटार पुगेका छन् ।
सभापति देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर च्यासलबाट बालुवाटार फर्किएका थिए ।
साँझ सात बजे भेटवार्ताको समय तय भएपनि देउवा भर्खरै आएको बताइएको छ ।
देउवासँग सरकारकै नियमित कामकारवाहीबारे छलफल हुने एमाले स्रोतले बताएको छ ।