राजनीति

आफ्नै पार्टीका उपसभापति धनराज गुरूङमाथि पनि छानबिन हुने गृहमन्त्री लेखकको दाबी

१४ कात्तिक, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा नाम जोडिएका आफ्नै पार्टीका उपसभापति धनराज गुरूङमाथि पनि छानबिन हुने स्पष्ट पारेका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले सहकारीको रकम हिनामिना गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताउने क्रममा गुरुङमाथि पनि छानबिन हुने बताएका हुन् ।

उनले चार जनालाई छानबिनका लागि समितिले सिफारिस गरेको भन्दै जीवी राईबाहेक अन्य तीन जना पक्राउ परिसकेको बताए ।