१९ कात्तिक, काठमाडौं । प्रथम निर्वाचित प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संस्थापक नेता महामानव बिपी कोइरालाका पुत्र प्रकाश कोइराला, श्रीहर्ष कोइराला, डा शशाङ्क कोइराला, प्रथम कार्यवाहक राष्ट्र प्रमुख पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला पुत्री सुजता कोइराला, समाजवादी व्यक्तित्व केशव कोइराला पुत्र डा. शेखर कोइराला एवं बिपीका नातिनातिना मनीषा कोइराला, अतुल कोईराला तथा शिद्धार्थ कोइरालालगायतका कोइराला परिवारले भाईटिकाका दिन काठमाडौँमा भव्य रूपमा टिका लगाउने आशीर्वाद आदान प्रदान गर्ने कार्य गरेका छन्, कोइराला परिवारमा पूर्व प्रधानमन्त्री एवं शालीन नेता सुशील कोइरालाले विवाह नै नगरेका कारण उनका सन्तान नै भएनन् भने बिपी, गिरिजा प्रसाद तथा अन्य सदस्यका भने भारी परिवार छन्, कोइराला परिवारको भेटघाटलाई राजनीतिक रूपमा अर्थपूर्ण भई व्यापक चर्चा परिचर्चा हुने गरेको छ, कतिपय काँग्रेसभित्र तथा बाहिरका शक्तिहरू कोइराला परिवारको भेटमा सशङ्कित भई डराउने गरेका समेत छन् । बिपी कोईरालाकी सुपुत्री चेतना कोईरालाको हातबाट कोइराला परिवारले टिका लगाएका थिए । चेतना कोईराला टिकाको मौका पारेर नेपाल आएकी हुन् । (टिका लगाएका तस्बिरहरू)