राजनीति

मानव तस्करीको आरोप लागेका सांसद अधिकारीलाई एमालेले गर्‍यो पार्टीबाट निलम्बित

२४ कार्तिक, काठमाडौँ । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई संगठित सदस्यबाट निलम्बन गरेको छ।

शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

‘मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानविन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै माननीय श्री लिलावल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,’ खतिवडाले विज्ञप्तिमार्फत् भनेका छन् ।