२५ कार्तिक, काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गरेको बताएका छन्।
आज गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरुले कहिल्यै हल्ला नगरेको भन्दै रास्वपालाई पनि हल्ला नगर्न सुझाव दिएका छन् ।
‘हाम्रा साथीहरूलाई पनि मुद्दा लागेको छ । पक्राउ परेका छन् । अदालतमा मुद्दा चलिरहेको छ । हामीले त कहिले हो–हल्ला गरेनौं, रास्वपाले पनि अदालतलाई विश्वास गर्नु पर्यो नि। अहिले मुद्दा अदालती प्रक्रिायामा छ,’ देउवाले भने ।