समाचार

उपनिर्वाचन : कीर्तिपुरमा मतगणना जारी

१७ मङ्सिर, काठमाडौँ । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका कृष्णमान डङ्गोलले चार सय ६४ मतका साथ अग्रता लिएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५ सहित पछ्याइरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका शिवशरण महर्जनले तीन सय ३४, नेपाल कम्युनिष्ट पार्टीएमालेका सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गरेका छन् ।

यस्तै, काठमाडौँ महानगरपालिका वडा नं १६ को पनि मतगणना जारी छ । हालसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रोजिना श्रेष्ठले छ सय ९६ मत, नेपाली कांग्रेसका देवेन्द्र पाठकले पाँच सय ३२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण श्रेष्ठले तीन सय ६१, नेपाल कम्युनिष्ट पार्टीएमालेका लक्ष्मीरत्न महर्जनले तीनसय ५१ मत, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले एक सय २९ मत प्राप्त गरेका छन् । सो वडाको पनि मतगणना जारी छ ।