१७ मङ्सिर, काठमाडौँ । उपनिर्वाचन भएको भोलीपल्ट अहिलेसम्म नतिजा आउन नसकेको कीर्तिपुर नगरपालिकाको एक वटा वडामा मात्र मतगणना गर्न बाँकी रहेका बेला नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका कृष्णमान डङ्गोलले ५ हजार ५२ मत ल्याएर अग्र स्थानमा रहेका छन् ।
यसअघि नेपाली काँग्रेसले नै विजयी भएको अवस्थामा पार्टीलाई साख जोगाउन धौ धौ भएका बेला काँग्रेसले आफ्नो जोगाउन सफल हुने निश्चित देखिएको छ । १० वटा वडामा अब कीर्तिपुरको वडा नम्बर १० को मतगणनाको परिणाम मात्र आउन बाँकी भएका बेला एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ३ हजार ९९० मत ल्याएका छन् ।
माओवादीका प्रा डा शिव सरण महर्जनले ४ हजार ११९ मत ल्याएका छन् । देशभरको मतगणना परिणाममा कतै नकारात्मक असर परे पनि रणनीतिक रूपमा अर्थपूर्ण रहेको कीर्तिपुरको निर्वाचनलाई काँग्रेसले आफ्नो प्रतिष्ठाको विषयको रूपमा हेरेको अवस्थामा परिणाम सकारात्मक आउनु काँग्रेसको २०८४ सालको निर्वाचनका लागि सकारात्मक भएको विश्लेषकहरूले बताउन थालेका छन् ।
एमाले र माओवादीले पनि कीर्तिपुरमा विजय हाँशिल गर्न न्वारानदेखिको बल लगाएको चुनावी गतिविधि हेर्दा सहजै आङ्कलन गर्न सकिन्छ ।