२८ मंसिर, बिराटनगर । मोरगंको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा अध्यक्ष अञ्जला कोईरालासहित २६ जनाबिरुद्ध सरकारी वकीलको कार्यालयले मुद्धा दायर गरेको छ ।
लेखासमिति सदस्यसमेत रहेका ऋषिकेश पोख्रेलकी धर्मपत्नी रहेकी कोईरालासहितलाई सहकारी ऐन २०७४ को दफा १२२ अनुसार अनुसंधानका लागि मुद्धा दायर गरिएको हो ।
जिल्ला अदालतमा दायर भएको निबेदनमा उमागौरीले ११ करोड ५६ लाख ७८ हजार बिपिभन्न बैंकबाट ऋण लिएको देखिएको छ ।
सहकारीको कार्यालय तोडफोड गरि जफद गरेपछि बिबादमा आएकी उमागौरी अन्ततः अनुसंधानको घेरामा आएकी छन् । सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने अनुसंधानका लागि प्रहरी हिरासतमा रहेका बेला नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मँ ओली प्रधानमन्त्री बनेका बेला छानबिनका लागि तानिएकी हुन् ।
सहकारी ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोख्रेलको नाम मुछिरहेका बेला उनी पर्ने वा नपर्ने भने पछि अनुसंधानपछि जानकारी हुने देखिन्छ ।