राजनीति

प्रधानमन्त्री ओली भन्छन्ः प्रचण्ड नेतृत्वमा रहेको गिरोह आफू र एमालेविरुद्ध लागिरहेको छ

२८ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र एमालेविरुद्ध प्रचण्ड नेतृत्वमा गिरोह सकृय रहेको आरोप लगाएका छन् ।

आज आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको गिरोह आफू र एमालेविरुद्ध लागिरहेको बताएका हुन् ।

‘… प्रचण्ड महोदयले नराम्रो कामको नेतृत्व गरिरहनु भएको छ । र उहाँहरुको गिरोह त्यो सक्रिय छ । अरु होइन, नेकपा एमालेकाविरुद्ध सक्रिय छ, र त्यसमा पनि मेराविरुद्ध सक्रिय छ’ ओलीले भने ।