१ पौष, काठमाडौँ । नेपाल बैंकर्स सङ्घका अध्यक्षमा सन्तोष कोइराला चयन भएका छन् । माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत रहेका कोइरालामा सहमति जुटेपछि उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पनि अध्यक्षमा दाबी गरेका भए पनि अन्तिममा आफ्नो समर्थन सन्तोष कोइरालालाई नै गरे पनि कोइराला सर्वसम्मत रूपमा बैंकर्स सङ्घको अध्यक्ष चुनिएका हुन् । आउँदो बुधवार बस्ने साधारण सभाबाट औपचारिक रूपमा बैंकर्स सङ्घको कार्यसमिति चयन हुने छ ।
स्रोतका अनुसार एभरेस्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिगं, कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल, नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे सदस्यमा सहमति भएका छन् भने उपाध्यक्ष ग्लोबल आईएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी सर्वसम्मत भएका छन् । उपाध्यक्षमा अन्य कसैको पनि उम्मेदवारी नपरेको बताइएको छ ।
बैंकर्स सङ्घलाई देशको अर्थतन्त्रको महत्त्वपूर्ण मानिने बैङ्कको प्रतिनिधित्व हुने महत्त्वपूर्ण सङ्घको रूपमा लिइने गरेको छ ।