समाचार

रास्वपालक्षित गृहमन्त्री लेखकको टिप्पणी : कानुनले शासन गर्ने हो, भीडले होइन

२ पुस, काठमाडौँ । गृहमन्त्री रमेश लेखकलेले आपराधिक घटनालाई प्रभावित पार्न सरकारी कार्यालयमा भीड जम्मा गर्ने प्रयास भइरहेको बताएका छन् ।

आज गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मंगलबारदेखि भैरहवामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले आपराधिक घटनालाई प्रभावित पार्न गरिने त्यस्ता गतिविधिलाई रोक्न आवश्यक रहेको बताए ।

रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरुले गरेको आन्दोलन र प्रदर्शनतर्फ लक्षित गर्दै गृहमन्त्री लेखकले भने ,‍‘सत्ता चलाउने कानुनले हो, भीडले होइन, पछिल्ला दिनहरूमा प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, अदालत लगायतका स्थानहरूमा भीडले प्रभावित गर्ने प्रयास भइरहेको छ, त्यो नियन्त्रण हुनैपर्छ ।’