२ पुस, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय गठन गरेको छ ।
मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो ।
अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय गठन भएको उपाध्यक्ष वेदुराम भुसालले जानकारी दिए । उपाध्यक्ष भुसालका अनुसार अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका नेता समेटेर केन्द्रीय सचिवालय बनाइएको हो ।
को-को छन् सचिवालयमा ?
- माधवकुमार नेपाल
- झलनाथ खनाल
- वेदुराम भुसाल
- प्रमेशकुमार हमाल
- घनेन्द्र बस्नेत
- राजेन्द्रप्रसाद पाण्डे
- धर्मनाथप्रसाद साह
- जयन्तीदेवी राई
- प्रकाश ज्वाला
- गंगालाल तुलाधर
- जगन्नाथ खतिवडा
- भानुभक्त जोशी
- घनश्याम भुसाल
- राजेन्द्रकुमार राई
- गरिमा शाह
- मेटमणि चौधरी
- रामकुमार भट्टराई
- सावित्राकुमारी भुसाल
- चन्द्रबहादुर शाही
- सोमप्रसाद पाण्डेय
- बलदेव चौधरी
- श्रीनाथ बराल
- गणेशबहादुर विश्वकर्मा
- शेरबहादुर कुँवर





