राजनीति

रिहा भए दुर्गा प्रसाईं- भन्छन् मैले हारेको छैन यो तस्करहरूसँगको लडाइँ हो जारी रहन्छ

५ पुस, काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो लडाईं जारी रहने बताएका छन् ।

व्यापारीलाई धम्की दिएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रसाईंलाई सर्वोच्चले रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।

अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले आफू सदैव तस्करबिरुद्धको लडाई जारी रहने बताए ।

‘छाल आउने बेलामा समुन्द्र पनि शान्त हुन्छ । त्यस्तै भएको हो । तस्करहरूसँग लडाइँ हो, त्यो जारी हुन्छ । प्रहरी कस्टडीमा जुन व्यवहार भयो त्यो राम्रो भयो’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।