१० पौष, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य भीम रावललाई साधारण सदस्यबाट निलमबन गरेको छ । पूर्व उपाध्यक्षसमेत रहेका रावल पूर्व गृहमन्त्री एवम् यसअघि नेकपा एमालेको महाधिवेशनमा एमालेका बर्तमान अध्यक्ष केपी शर्मा ओलीसंग अध्यक्षमा प्रतिष्पर्धामा थिए ।
स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको समाचार छ ।
आज नेकपा एमालेको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको थियो । भीम रावलसहितका नेताहरु अध्यक्ष ओलीको बिषयमा मतभेद राख्दै आएका थिए ।