१० माघ, काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले आफूलाई केपी ओलीले पूर्वाग्रह राखेर कारबाही गरेको प्रतिकृया दिएका छन् ।
उनले हेर्दा एमाले पार्टीले कारबाही गरेजस्तो देखिएपनि ओलीले मात्रै आफूलाई कारबाही गरेको बताएका छन् ।
आजको एमाले सचिवालय बैठकले नेता रावललाई साधारण सदस्य नरहनेगरी हटाएको छ भने स्थायी समिति सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको अवस्थामा रावलको यस्तो प्रतिकृया आएको हो । उनले आफूलाई कारबाही गर्नु निरंकुश र स्वेच्छाचारी कदम भएको बताएका छन् । उनले एमाले पतनको बाटोमा पुगेको र आफुलाई केपी ओलीले सदस्यता नदिएको बताएका छन् ।
स्थायी समिति सदस्य डा विन्दा पाण्डेले आफूले एमालेको पार्टी कार्यालय बनाउन पार्टीले आफैं बनाउनुपर्ने भनी राखेको विचार सही भएको तर्क गरेकी छन् । उनले आफूहरुले गल्ती नगरेका कारण रियलाईजेसन गर्ने कुनै नभएको प्रतिकृया दिएकी छन् ।
अकी ट महिना कारबाहीमा परेकी उषाकिरण तिमिल्सिनाले सामाजिक सञ्जालमा लेज्दै भनेकी छन्, ‘‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं.१ अन्तरगत शिबपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आईपुगेँको छु ।
तल्लो तहका आम कार्यकर्ता , तिनको लगाब , मेहनत र चासोको अगाध माया लाग्छ ।
यता ६ महिना निलम्बनको निर्णय भएछ। पंचायत बिरुद्द लडेर आउनु भएको नेतृतवगणले पंचकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’’