समाचार

दिवङ्गत नेता सिंह परिवारभन्दा देशलाई माथि राखेर काम गर्नुभयाे : उपप्रधानमन्त्री मन्त्री सिंह

१३ पुस, काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पिएल सिंहले परिवारभन्दा देशलाई माथि राखेर काम गरेको बताएका छन् ।

आज नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिद्वारा उनको १३औँ दिनको पुण्यतिथिमा २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा नेता सिंहले गरेको योगदानको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले सिद्धान्त र आदर्शको राजनीतिलाई उनले सधैँ आत्मसात् गरेको बताए ।

“भारतका प्रधानमन्त्री चन्द्रशेखर र पिवीनरसिंह राव उनीबाट प्रभावित छन् । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताका प्रिय छन्। जनताका पनि उहाँ उत्तिकै प्रिय हुनुहुन्थ्यो”, उपप्रधानमन्त्री सिंहले भने ।