१३ पुस, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईरालाले काठमडौंमा बसेर मधेषको समस्या बुझ्न नसकिने बताएक छन् । ‘मधेषका समस्या समाधान गर्न मधेषमा नै आउनुपर्छ, काठमाडौंमा बसेर हुन्न’ वरिष्ठ नेता डा कोईरालाले भनेका छन् ।
उनले आज नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं–३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
डा कोइरालाले भने, ‘पार्टीको १५ औं महाधिवेशन समयमा गर्न हामीले भनेका छौं तर पार्टीका पदाधिकारीहरू सुस्त जस्तो देखिन्छन्, निर्वाचनको मुखमा आएर अधिवेशन गर्न सुरु गर्यौं भने हामीहरू फेरि कमजोर हुन सक्छौ ।’
डा कोईरालाका साथमा केन्द्रीय सदस्यहरु( किरण यादव, राजिव कोइराला, डा चन्द्रमोहन यादव र मञ्जु यादव, पुर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारी र रामकृष्ण यादव, मधेस प्रदेश उपसभापति बिरेन्द्र सिंह, महोत्तरी कांग्रेस सभापति नागेश्वर यादव, पुर्वसांसद सिताराम भण्डारी, लक्ष्मण राय र रश्मि ठाकुर, मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिसोर राय, मधेस प्रदेश सांसद श्याम पटेल र जिबछी यादव, सिराहा कांग्रेस नेता नरेश यादव, रौतहट कांग्रेस नेता शेख वकिल, महोत्तरी कांग्रेस नेता बजरंग नेपाली, क्षेत्रिय सभापतिहरु–अरबिन्द गुप्ता–पर्शा क्षेत्र नं१, असोक झा–महोत्तरी क्षेत्र नं१, राजकरण यादव–महोत्तरी क्षेत्र नं२, राघवेन्द्र झा–महोत्तरी क्षेत्र नं३ लगायत रहेका थिए ।