समाचार

धादिगं जिल्ला आचार्य समाजको अधिवेशन पौष २० गते शनिवार, हजार जनाको उपस्थिति रहने दाबी

१५ पौष, काठमाडौं । आचार्य बन्धु समाज–नेपाल धादिगंको जिल्ला अधिवेशन पौष २० गते शनिवार सम्पन्न हुने भएको छ । 

थाक्रे गाउँपालिकास्थित सरस्वती मन्दिरमा सम्पन्न हुने भनिएको जिल्ला अधिवेशनमा पाँच सय भन्दा बढी कोण्डिन्य गोत्रीय आचार्यहरूको उपस्थिति रहने भनिएको उक्त प्रथम अधिवेशनमा काठमाडौं, ललितपुर, भक्तपुर वाटसमेत अतिथिहरू बोलाइएको आचार्य बन्धु समाज-नेपाल धादिगं  जिल्ला सभापति अर्जुन प्रसाद आचार्यले जानकारी दिए । 

धुनिवेंशी नगरपालिकाका आचार्य बन्धु समाज -नेपालका सभापति रमेश आचार्यले अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र उक्त अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न धादिगं जिल्लाका सबै गाउँपालिकाका कौण्डिन्य गोत्रीय आचार्य बन्धुहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको बताए । 

प्रचार प्रसार प्रमुख शिवराज आचार्यले प्रचार प्रसारका सम्पूर्ण कार्यहरू पुरा भइसकेका र कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने उद्देश्य राखिएको हुँदा उक्त कार्यक्रमलाई कुनै पनि तरिकाले आफूहरूले सभ्य र भव्य रूपमा सम्पन्न गर्ने बताए । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यसहित विशिष्ट आचार्यलाई निमन्त्रणा गरिएको तथा धादिगंको धुनिवेंशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य तथा थाक्रे गाउँपालिका अध्यक्ष रामकृष्ण आचार्यसमेत सहभागी हुने धुनिवेंशी–६का वडाध्यक्षसमेत रहेका धुनिवेंशी सभापति रमेश आचार्यले जानकारी दिए । 

वरिष्ठ अधिवक्ता एवम् आचार्य बन्धु समाज नेपालका केन्द्रीय महासचिव शुभ राज आचार्यले धादिगं जिल्लामा अधिवेशन भब्य रूपमा सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको भन्दै केन्द्रले अधिवेशन सफलताको शुभकामना रहेको बताए । उनले केन्द्रबाट अध्यक्ष बाबुराम आचार्य ज्युलगायत केन्द्रबाट तथा बागमती प्रदेश अध्यक्ष जयराज आचार्य, ललितपुर सभापति पुष्कर आचार्य, आचार्य बन्धु समाज नेपाल बागमती प्रदेश पूर्व उपाध्यक्ष एवं कौडिन्य गोत्रीय महासङ्घ वनभोज तयारी समिति सदस्य सुदर्शन आचार्यलगायतको अधिवेशनमा उपस्थिति रहने समाजको निर्णय भएको बताए । 

धादिगं जिल्लाको थाक्रे, धुनिवेंशीलगायत स्थानीय पालिकामा आचार्यहरूको उपस्थिति व्यापक रहेको दाबी गरिएको छ ।