१५ पौष, काठमाडौं । नेकपा एमालेले संगठीत सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि एमालेका पूर्व उपाध्यक्षसमेत रहेका डा भीम रावलले बुधबार माईतिघरसस्थीत कार्की व्याँक्वेटमा पत्रकार सम्मेलन राखेका छन् ।
उनले पत्रकारलाईमात्र पत्रकार सम्मेलनमा नबोलाएर शुभेच्छुक तथा जिज्ञाशुहरुलाई समेत निमन्त्रणा गरेका छन् । उनले पत्रकार सम्मेलनको बिषयमा राजनीतिक परिस्थिति तथा सम्भावित भविष्यबारे भनेका छन् ।
पूर्व उपप्रधान एवं रक्षामन्त्रीको नामबाट निम्ता गरिएको छ । दिनको १ बजे रावलले पत्रकार सम्मेलनकाने निम्ता गरेका छन् । केहीदिन अगाडीमात्र नेकपा एमालेको स्थायी समिति बैठकले रावलसहित डा विन्दा पाण्डे र उषाकिरण तिमिल्सिना कारबाहीमा परेका थिए । डा पाण्डे र तिमिल्सिना उक्त पत्रकार सम्मेलनमा उपस्थिति हुने वा नहुने टुंगो लागेको छैन भने रानवलले नयाँ बार्टी खोल्ने वा नखोल्ने बिषयमा नबताएपनि ढिलो–छिटो नयाँ पार्टी खोलेर अगाडी बढ्ने संकेत भने दिएका छन् । उनले मीन बहादुर गुरुगंले दिएको जग्गा दान लिनु गलत भन्दा सोधिएको एमालेको स्पष्टीकरणको जवाफ नदिएका थिएनन् । यसै बिषयमा बुझ्न खोज्दा डा भीम रावलले घ्टी गएपनि फोन उठाएनन् ।
नेता डा रावल सुदूरपश्चिम क्षेत्रमा नेकपा एमालेका प्रभावशाली मानिदै आएका छन् ।